नियम
नियुक्त र पदोन्नति

 

(१) सहायक उपचारिकाको पदमा नियुक्तिको लागि प्रवर समितिद्वारा सिफारिस भएका उम्मेदवारलाई कार्यरथीले नियुक्ति गर्नेछ ।

(२) सह–उपचारिकाको पदमा नियुक्तिको लागि प्रवर समितिबाट सिफारिस भएको उम्मेदवारलाई प्रधान सेनापतिले नेपालसरकार, रक्षा मन्त्रालयमा स्वीकृतिको निमित्त पेश गर्ने छ र स्वीकृति प्राप्त भएको मितिदेखि उक्त उम्मेदवारले सह–उपचारिकाको आयुक्त पद पाउने छ ।

(३) सहायक उपचारिकाको पदमा दश वर्षसम्म काम गरी सैनिक आधारभूत तालिम प्राप्त महिलालाई सहउपचारिकाको पदमा पदोन्नती गर्न सकिनेछ ।

(४) देहायको दर्जामा समयको अवधिबाट सब्स्ट्यान्टिव पदोन्नति हुन सह– उपचारिकाको पदमा नियुक्त वा बढुवा भएको मितिबाट देहायबमोजिमको सेवा अवधि तथा शर्त पूरा गर्नुपर्नेछ ।

(क) सह– उपचारिकाबाट वरिष्ठ उपचारिकामा दुई वर्षको सन्तोषजनक सेवा अवधि पूरा गरी प्राविधिक आधारभूत तालिम उत्तीर्ण ।

(ख) वरिष्ठ उपचारिकाबाट सह–दक्ष उपचारिकामा नौ वर्षको सन्तोषजनक सेवा अवधि ।

(ग) सह–दक्ष उपचारिकाबाट दक्ष उपचारिकामा तेह्र वर्षको सन्तोषजनक सेवा अवधि ।

(घ) दक्ष उपचारिकाबाट उच्च दक्ष उपचारिकामा सत्र वर्षको सन्तोषजनक सेवा अवधि ।

(५) ………..

(६)  ………..

(७)  ………..